काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई भेट्न ओली मंगलबार बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनीहरुबीच राष्ट्रपति निर्वाचन, प्रदेश सरकार विस्तार लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।