ADVERTISING

Breaking News

नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

काठमाडौ । शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा रोकिएको हो । यस्तै ’क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.४९ प्रतिशतले घट्दा ४१३.०१ मा झरेको छ । आज दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनआईसी एसिया बैंक, रिडी पावर कम्पनी, अपी पावर कम्पनी, एभरेष्ट बैंकको पनि उच्च कारोबार भएको छ । बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर मुल्य आज घटेको छ । जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । आदर्श लघुवित्त, सानिमा जीआइसी इन्सुरेन्स, कुमारी बैंक र स्टान्डर्ड चार्टड बैंकको शेयर दश प्रतिशतले बढेको छ ।

leave a reply