ADVERTISING

Breaking News

अर्थतन्त्र सुधारका लागि सरकारलाई सरोकारवालाको साथ आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

उनले चुनौतिपूर्ण अर्थतन्त्र सुधारका लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च र सुविधा कटौती गर्न सबै निकायलाई आग्रह समेत गरे ।

बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुग्दा लक्ष्यभन्दा कम राजस्व संकलन, आवश्यकताभन्दा बढी साधारण खर्च र १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनुले अर्थतन्त्र सुधारमा चुनौति देखिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

leave a reply