ADVERTISING

Breaking News

पदका लागि मात्र राष्ट्रिय सहमति नखोजौँ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पदका लागि नभई देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पदका लागि नभई देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका हुन् ।

‘उनले राष्ट्रिय सहमति केका लागि हो ?’ भन्दै सदनमा प्रश्न समेत गरे । ‘मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो ?’ भन्दै उनले प्रश्न गरे । उनले अनुहार, जाति र समुदायभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । त्यसपछि संसद्मा उपस्थित अधिकांश दल र सांसदहरूले एक मिनेट उठेर मौन धारण गरेका थिए ।

leave a reply