एजेन्सी : हलिउड फिल्म निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर भएका छन् ।
अमेरिकाको लस एन्जलसस्थित अदालतले तीन वटा मुद्दामा वाइन्सटिनलाई दोषी ठहर गरेको हो ।
दुई महिना लामो बहसपछि अदालतले वाइन्सटिनले महिलाहरुलाई प्रभावमा पार्ने, धम्काउने र आक्रमण गर्नेमा दोषी ठहर्याएको हो । ७० वर्षिय निर्माता वाइन्सटिनलाई अदालतले २४ वर्षको जेल सजाय सुनाएको छ ।
यसअघि न्युयोर्कस्थित अदालतले बलात्कार मुद्दामा वाइन्सटिनलाई २३ वर्षको जेल सजाय सुनाएको थियो ।
सन् २००५ देखी २०१३ सम्मका घटनामा चार महिलाले वाइन्सटिनविरुद्ध मुद्दा दायर गरेका थिए । मि टु अभियानका क्रममा वाइन्सटिनको मुद्दा पनि बाहिरिएको थियो ।