ADVERTISING

Breaking News

पार्टीका समितिहरुलाई चुनावी समीक्षा गर्न उपेन्द्र यादवको निर्देशन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिहरुलाई चुनावी समीक्षा गर्न निर्देशन दिएका छन । आज एक निर्देशन जारी गर्दै अध्यक्ष यादवले १५ दिनभित्र समीक्षा गरेर त्यसको प्रतिवेदन केन्द्रीय समितिमा पठाउन भनेका हुन । यादवले सबै प्रदेश समिति राष्ट्रिय समितिहरुलाई क्षेत्रीय, जिल्ला र प्रदेशस्तरीय बैठक राखेर समीक्षा गरी प्रतिवेदन पठाउन निर्देशन दिएका हुन । प्रतिनिधि सभा चुनावमा जसपाले प्रतिनिधि सभातर्फ ७ सिट जितेको छ भने प्रदेशतर्फ ९ सिट जितेको छ । अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ वाट पराजित भएका थिए ।

leave a reply