काठमाडौं : पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा ठाँउ बनाएको छ ।
सोमबार राति उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलका लागि दुबै गोल ब्रुनो फर्नान्डेसले गरे ।
हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।
सोमबार राति नै भएको अर्को खेलमा स्विट्जरल्यान्डलाई एक शुन्य गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको छ ।
ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे ।
अर्को खेलमा खेलमा घानाले दक्षिण कोरियामाथी ३–२ गोल अन्तरले जित हात पारेको छ । हिजो नै क्यामरुन र सर्बियाले बराबरी खेलेर अंक बाँडेका छन् ।