ADVERTISING

Breaking News

मोरङ-६ बाट शेखर कोइराला विजयी, लालबाबु पण्डित पराजित

मोरङ : नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।

कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

leave a reply