ADVERTISING

Breaking News

फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी : फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

रुवान्डामा आगामी मार्चमा हुने फिफा कांग्रेसबाट उनी औपचारिक रुपमा तेस्रो कार्यकालका लागि निर्वाचित हुनेछन् ।

५२ वर्षीय र्ईन्फान्टिनो २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए । सेप ब्लाटरपछि र्ईन्फान्टिनो अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी २०१९ मा दोस्रो कार्यकालका पुनः निर्वाचित भएका थिए ।

leave a reply