ADVERTISING

Breaking News

तराइ मधेसको सबैभन्दा ठूलो पर्व छठ विधिवत रूपमा शुरु

मुख्य बजारमा पूजाका सामाग्री किन्नेको भिडभाड

काठमाडौ । तराइ मधेसको सबैभन्दा ठूलो पर्व छठ आजदेखि विधिवत रूपमा सुरु भएको छ चार दिनसम्म मनाउने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन हो । जसलाई ‘नहाय–खाए’ भनिन्छ । छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ । स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन । त्यस्तै छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन् । यस विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ । छठ विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।।

leave a reply