ADVERTISING

Breaking News

शेयर बजारमा नेप्से परिसूचक ४७ अंकले बढ्यो

काठमाडौ । शेयरबजार आज झण्डै पचास अंकले बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको हो । यो साता लगातार तीन दिनसम्म एक अर्बबाट तल झरेको कारोबार रकममा आज भने सुधार भएको हो । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ८ हजारको कारोबार भएको छ । नेप्सेमा कुल एक सय ८९ कम्पनीको सेयर किनबेच भएकोमा एक सय ८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै पाँच कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ । लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८दशमलब ३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७ दशमलब ८१ प्रतिशतले बढेको छ ।

leave a reply