ADVERTISING

Breaking News

माधव नेपाल प्रधानमन्त्री हुँदा विकासको सिन्को पनि नभाँचेको ओलीको आरोप

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधव नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन । आज रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले नेपालले प्रधानमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केही काम नगरेको बताएका हुन । ओलीले आफू प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेको बताए ।
अध्यक्ष ओलीले हुलाकी राजमार्गदेखि रेलमार्गसम्ममा आफूले बजेट विनियोजन गरेको बताएका हुन । मधेसका एमाले नेताहरु प्रभु साह, रघुवीर महासेठले तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनको भनाइ छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पाँच वा छ दल भनेका अब साइनबोर्डका मात्र दल जनताले बनाइदिने दाबी गरे । भ्रष्टाचार गर्ने, विकासका कामहरु नगर्ने तथा देशको हितको बारेमा नसोच्ने पार्टीहरुलाई जनताले बहिष्कार गर्नुपर्ने ओलीको भनाइ छ । उनले अबको निर्वाचन पछि एमालेको सरकार बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गौरका पूर्व नगरप्रमुख अजय गुप्ता लगायतका नेता एमालेमा प्रवेश गरेका थिए ।

leave a reply