ADVERTISING

Breaking News

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ: सदस्य सचिव घिसिङ, राखेप

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा दुविधा नरहेको बताएका छन । आज पोखरामा आयोजित कार्यक्रममा उनले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न गण्डकी प्रदेशवासीलाई आग्रह गरेका हुन । सदस्य सचिव घिसिङले १३ औं साग सम्पन्न भएको पोखरामा राष्ट्रिय खेलकुद गर्न पूर्वाधार अभाव नहुने विश्वास समेत व्यक्त गरे ।
सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुदका लागि विभन्न खेलस्थल निर्माणका लागि समेत बजेट विनियोजन हुने पनि आश्वासन दिए । कास्कीमा असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय खेलकुद गर्न प्रस्ताव गरिएको छ । प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुनेछन । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुनेगरी तयारी भइरहेको छ ।प्रतियोगितामा एकल तर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार पुरस्का पाउने बताइएको छ ।।

leave a reply