ADVERTISING

Breaking News

जापानको आधुनिक प्रविधि नेपाल भित्र्याउन पहल गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने बताएका छन् ।

जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले आज कृषि सहयोग डिभिजन अन्तर्गतको कुरुस अर्किड लिमिटेडको अवलोकनका क्रममा सो कुरा बताएका हुन् ।

दाहालले नेपालको कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकासका लागि जापानको सहयोग महत्वपुर्ण हुने बताए ।

उनले नेपालमा पनि सो प्रविधि पुर्‍याउनका लागि राजदूत लगायत सरोकारवालाई आग्रह गरे ।

leave a reply