ADVERTISING

Breaking News

काठमाडौं महानगर वडा नं २९ मा आजदेखि बालबालिकालाई बुस्टर खोप लगाइँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ का विभिन्न १४ स्थानमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ।

बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लगागिएको हो। ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३ दशमलब ९ प्रतिशतले पहिलो डोज र ७०दशमलब ६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

जनसंख्याको ७५ प्रतिशतलाई अझै नेपालमा बुस्टर डोज खोप लगाउन बाँकी छ ।

leave a reply