ADVERTISING

Breaking News

प्रस्ताव समय कटाउन मात्रै प्रधानन्यायाधीशमाथिको महाअभियोग ल्याएको एमालेको आरोप

काठमाडौ । संसदमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध लगाइएको महाअभियोग प्रस्तावमाथि छलफल शुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध गत फागुन २९ गते प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको महाअभियोगको प्रस्तावमाथि छलफल शुरु भएको हो । छलफलमा भाग लिँदै प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले महाभियोग प्रस्ताव छिनोफानोका लागि नभई समयसीमा कटाउन ल्याइएको आरोप लगाए ।
चुनाव घोषणा गरिसकेको अवस्थामा यस प्रकारको छलफल संसदमा गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न समेत एमालेले उठाएको छ । सत्ता साझेदार दलहरुका सांसदहरुले भने प्रधानन्यायाधीश जबराले संविधान र कानूनको गम्भीर उल्लंघन गरेका कारण महाअभियोग लगाउनुपरेको जिकिर गरेका छन् ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरा असक्षम भए उनको नेतृत्वमा भएको प्रतिनिधि सभाको पुनस्र्थापना र प्रधानमन्त्री नियुक्तिको परमादेश कसरी वैध हुन्छ भनि प्रश्न गरे ।
सांसद सुवालले प्रतिनिधिसभा पुनस्र्थापना गराउनको लागि पाँच दलीय गठबन्धनबाट प्रधानन्यायाधीश जबरामाथि के–के दबाब आएको हो सार्वजनिक हुनुपर्ने बताए । छलफलमा सत्ता पक्षका सांसदले महाभियोग प्रस्तावको बचाउ गरेका छन भने प्रतिपक्षी सांसदले विरोध जनाएका छन् ।

leave a reply