ADVERTISING

Breaking News

शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३८ दशमलब ६९ अंकले घटेर २ हजार एक सय ४८ दशमलब ०७ विन्दुमा आएको छ । आज ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा २ सय १५ कम्पनीको ८५ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ करोड २२ लाख रुपैयाँभन्दा बढी सहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अपि पावर परेका छन् । हिमालय डिस्टिलरीको १३ करोड १७ लाख र अपी पावरको १२ करोड ७९ लाखको कारोबार भएको छ । आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । १९ वटा कम्पनीको सेयर मूल्य बढे पनि १ सय ६१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९ दशमलब ९८ प्रतिशतले बढेको छ । युनाइटेड मार्दी हाइड्रोपारको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९ दशमलब ५२ प्रतिशत भन्दा बढीले घटेको हो ।

leave a reply