ADVERTISING

Breaking News

दुई सय भन्दा बढी स्थानीय तहले बजेट ल्याउन सकेनन,दलीय विवादले कामै रोकिने अवस्था

काठमाडौ । नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म दुई सय सात स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक बर्ष सुरु हुँदासम्म पाँच सय ४६ स्थानीय तहले कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन । दुई सय सात स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन । मन्त्रालयका अनुसार प्रदेश एकका ३०, मधेस प्रदेशका ६५ र बागमतीका ३४ स्थानीय तहको बजेट तोकिएको समयमा पेश हुन सकेको छैन । गण्डकी प्रदेशका नौ, लुम्बिनीका २५, कर्णालीका १९ र सुदूरपश्चिमका २५ स्थानीयले तहले बजेट ल्याउन नसकेका हुन । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार एक गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । नगर वा गाउँ सभाले असार मसान्तभित्र आगामी आवको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । कानूनबमोजिम बजेटसम्बन्धी प्रक्रिया पालना नभएसरकारबाट हस्तान्तरण हुने सबै प्रकारका अनुदानको निकासा र राजस्व बाँडफाँटको रकम हस्तान्तरण प्रक्रियामा पनि कठिनाई आउने अर्थ मन्त्रालयले जनाएको छ ।

leave a reply