ADVERTISING

Breaking News

पीडित महिलाले न्यूनतम सहयोग समेत नपाएको भन्दै महिला आयोगप्रति सांसदहरुको असन्तुष्टि

काठमाडौ । महिला आयोगको कामप्रति सांसदहरुले नै असन्तुष्टि जनाएका छन । आज सिंहदरबारमा बसेको महिला तथा सामाजिक समितिको बैठकमा सांसदले पीडित महिलाले आवश्यक न्यूनतम सहयोगसमेत प्राप्त गर्न नसक्नु दुःखद भन्दै आयोगको काममा असन्तुष्टि जनाएका हुन । आयोग पदाधिकारीसँगको छलफलपछि बैठकले पीडित महिलाको अपेक्षा अनुरुप थप संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।
बैठकमा आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले प्रस्ताव गरेका कार्यक्रम स्वीकृत नहुदा बजेट नै फ्रिज भएको जानकारी दिइन ।
आयोगले गत आर्थिक बर्षमा महिलामाथि भएका विभिन्न हिंसाका एक हजार ४ सय ६४ घटना दर्ता भएको जानकारी दिएको छ । बैठकमा समिति सदस्यहरुले योजनाबद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आयोगलाई सुझाव दिएका छन ।

leave a reply