ADVERTISING

Breaking News

गभर्नरको राजीनामा माग गर्दै विद्यार्थी संगठनको संयुक्त बिरोध प्रदर्शन

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीहरुले प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताले ऐनलाई छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गरे । प्रतिपक्षी एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको उनीहरुको आरोप छ ।
राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा नदिए आन्दोलन चर्काउने विद्यार्थीको चेतावनी छ । गर्भनर विवादमा तानिएपछि प्रधानमन्त्री देउवाले पनि राजीनामा दिनुपर्ने बताइसकेका छन ।

leave a reply