ADVERTISING

Breaking News

नागरिकता विधेयकका विषयमा सांसदहरु विभाजित

सात वर्षे प्रावधान हटाएकोमा एमाले सांसदको आपत्ति

काठमाडौ । प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सांसद डा. मिनेन्द्र रिजालले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नती नहुने दाबी गरे ।
सांसद लक्ष्मणलाल कर्णले अब पनि संसदीय समितिमा लगेर नागरिकताविहीन नागरिकलाई रुवाउने काम गर्न नहुने बताए ।
सांसद गंगा चौधरीले वैवाहिक अंगिकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाइन् ।
प्रतिनिधि सभामा २०७५ साउन २२ गतेदेखि बिचाराधीन विधेयक फिर्ता लिएर सरकारले प्रतिनिधिसभामा नयाँ विधेयक ल्याएको थियो । नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफल बिहिबारबाट सुरु भएको हो ।

leave a reply