काठमाडौं : नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।
यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो । यसअघि १९ असारमा सुनुवाइ भएकोमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको हो ।
आज यो मुद्दामा फैसला आउन सक्ने सम्भावना रहेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ ।
यसअघि नै सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन समय तोकेको थियो । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ ।
आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।