ADVERTISING

Breaking News

झलनाथ खनालले पनि मागे अर्थमन्त्रीको राजीनामा

घटनाको जिम्म माओवादी र अर्थमन्त्रीले लिनुपर्ने भनाइ

काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । साथै उनले अर्थ मन्त्रीका सम्बन्धमा धेरै कुरा उठिसकेकोले सम्बन्धीत पार्टी र स्वयं अर्थमन्त्रीले यस बिषयमा जवाफ दिनुपर्ने पनि बताए । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले अर्थमन्त्रीका बिषयमा निष्पक्ष छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने र गल्ती प्रमाणित भए अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे ।
नेता खनालले अर्थमन्त्रालय माथिको घटना निकै गम्भीर बिषय भएकाले यस्ता घटना हुन थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरे ।

leave a reply