ADVERTISING

Breaking News

अर्थसचिव मरासिनी बिदामा

काठमाडौ । अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन् । बजेट निर्माण प्रकृयामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन । मरासिनीले मंगलबार केहीदिन आफू बिदामा बस्न लागेको जानकारी गराएपछि कार्यालय गएका छैनन । आज बिहान मूख्यसचिव शंकरदास वैरागीलाई पनि विदामा बसेको जानकारी गराएका छन । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण हुने समयमा सीसीटिभी दृश्य मेटिएको विषयमा मरासिनी पनि जोडिएका छन । उनी सरुवा हुने तयारीमा रहेको बताइएको छ ।

leave a reply