काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने समेत बताए । भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमतीले सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनको दाबी छ ।
भावुक मुद्रामा देखिएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो काठमाडौंको पहिलो यात्रा सम्झिए । उनले सुदुरपश्चिममा सडक सुबिधा नहुदा भारतका बिभिन्न ठाउ भएर काठमाण्डौ आउनु परेको स्मरण गरे ।
सुदूरपश्चिममा जलबिद्युत लगायत विकासको सम्भावना रहेकाले सरकारले प्राथकिमता दिने उनको भनाई थियो ।
सुदूरपश्चिमको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउने देउवाको प्रतिवद्धता
