ADVERTISING

Breaking News

इयुद्वारा रूसबाट हुने इन्धन आयातमा प्रतिबन्धको घोषणा

एजेन्सी । युरोपेली संघले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेकै बेला इयुको पछिल्लो निर्णय आएको हो । रुसले आक्रमण जारी राखेकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध लगाइएको इयुले जनाएको छ । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएपनि निर्णय हुन सकेको थिएन । यसैविच युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेका बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा गरेका छन । किभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार एउटा मार्मिक भिडियो सार्वजनिक गर्दै प्रशंषा गरेका हुन । भिडिओमा जेलेन्स्कीको आसपास युक्रेनका प्रधानमन्त्री सहित उनका केही निकट सहकर्मीहरू देखिएका छन । रुसले भने उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण थालेको थियो ।

leave a reply