काठमाडौं । भरतपुर महानगरपालिका, नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्। दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलस्थीत स्टाफ कलेज नजिकै दुर्घटना हुदाँ दाहाल घाइते भएकी हुन ।
टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको पारिवरीक स्रोतले जनाएको छ । दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर सिटीस्क्यान गरिएको छ । साथै, डाक्टरका अनुसार उनको हालको अवस्था सामान्य रहेको बहिनी गगां दाहालले बताएकी छन् ।