काठमाडौ । प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा नगरप्रमुखका उम्मेदवार भएका आठ जनामध्ये छ जना पराजित भएका छन । प्रदेश सांसदवाट राजीनामा दिएर इलामको सूर्योदय नगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भएका हुन । सर्लाहीको गोडैता नगरप्रमुखको उम्मेदबार बनेका कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहा र रौतहट गढीमाईको उम्मेदवार बनेका जसपा नेपालका शेख अबुलकलाम आजादपनि पराजित भएका छन । प्रदेश सांसदबाट राजीनामा दिएर एमालेवाट भरतपुर महानगरको प्रमुखमा उम्मेदवारी दिएका एमालेका विजय सुवेदी र काठमाडौं महानगरको प्रमुखको उम्मेदवार बनेका केशव स्थापित पनि पराजित भएका छन । गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगरमा एमालेका तर्फवाट नगरप्रमुखमा उम्मेद्वार बनेका कृष्ण थापापनि पराजित भएका छन । यता प्रदेश एकबाट राजीनामा दिएका झापा मेचीनगरमा एमालेका गोपालचन्द्र बुढाथोकी भने नगरप्रमुखमा निर्वाचित भएका छन । त्यस्तै लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका माओवादीका दिपेश थारूले भने बर्दियाको राजापुर नगरपालिकाको प्रमुख जितेका छन ।
प्रदेश सांसदबाट राजीनामा दिएकाहरु स्थानीय तह निर्वाचनमा पराजित
