काठमाडौ । महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कार लगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटनाको विषयलाई लिएर प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिले आईतबार सिंहदरवारमा आयोजना गरेको अनौपचारिक छलफलमा महिला सांसदहरुले नावालिकाहरुमाथि हुने बलात्कार लगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा राखिएको कानुनी व्यवस्था तत्काल हटाउन माग गरेका हुन् । उनीहरुले सरकारले हदम्याद हटाउने गरी तत्काल कानुन संशोधन नगरे आफूहरुले संसदमा संकल्प प्रस्ताव ल्याउने चेतावनी समेत दिएका छन् । सांसदहरुले सौन्दर्य प्रतियोगिताका आयोजकले अपराध गरेको भन्ने कुरा स्वतः सिद्ध भएकाले घटनाका पीडित युवतीलाई तत्काल न्याय दिन सरकारसँग माग समेत गरे ।
सांसदहरुले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि भएका कानुनहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारलाई आग्रह समेत गरे ।
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
