काठमाडौ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २४ को वडाध्यक्षमा नेकपा एमालेका उपेन्द्र सहनी विजयी भएका छन । सहनीले ११४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी विशेश्वरप्रसाद शर्मालाई ६४७ मत प्रप्त गरे । यसैयरी जसपाका शेष मोहमद हुसैनले ३६३ मत , लोसपाका रामचन्द्र यादवले २३८ मत तथा जनमत पार्टीका सुनिल यादवले २३२ मत प्राप्त गरे ।
जनकपुरधामको सम्पन्न भएको ९ वटा वडा मध्ये २ वटामा एमाले, एउटामा तमलोपा र अन्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।
जनकपुरधाम वडा-२४ मा एमालेका सहनी विजयी
