ADVERTISING

Breaking News

थप २१ जना कोरोना संक्रमित थपिए, १६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जना निको भएका छन् भने सोही अवधिमा संक्रमणबाट कसैको मृत्‍यु भएको छैन । हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ज्ञ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

हालसम्म नेपालमा ९ लाख ६६ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

leave a reply