ADVERTISING

Breaking News

निर्वाचन आयोगले दियो स्थानीय चुनावको तयारीलाई तिव्रता

मिति घोषणा लगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गरिने

निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । आगामी जेठ ४ गतेको लागि सरकारलाई निर्वाचन मिति सिफारिस गरेपछि आयोग तयारीमा जुटेको हो । आयोगले अहिले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आयश्यक पूर्व तयारीका अन्य काम गरिरहेको हो । आन्तरिक तयारी भैरहेको कतिपय कार्यहरु निर्वाचन मिति घोषणा भएपछि सुरु हुने आयोगको भनाइ छ । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतयाः एक सय विस दिन निर्वाचन अवधि आवश्यक पर्ने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन कार्यतालिका ल्याउने तयारी छ । कार्यतालिकामा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन लगायतका विषय समेटिनेछन । आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमाग गरेको छ । एकै चरणमा निर्वाचन नभए खर्च थप हुने अनुमान समेत गरेको छ । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचिन पदाधिकारीहरुको पदावधि अगामी जेठ ५ गते सकिँदै छ ।

leave a reply