कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ । गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रणका लागि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य नियम लागू गरेको हो । कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा कार्ड वा मोवाइलमा रहेको कार्डको फोटो देखाउनुपर्ने मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम गर्न समेत निषेध गरेको छ । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको आधारमा गर्न पाइनेछ । सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवमा समेत रोक लगाइएको छ ।
काठमाडौँ उपत्यकामा आजवाट सेमी लकडाउन
कोरोना रोकथामका लागि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

Post navigation
Posted in: