ADVERTISING

Breaking News

२६४ जना कोरोना संत्रमित थपिए, थप २ जनाको मृत्यु

नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख २३ हजार ९ सय ३७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु हुँदा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ८८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २६० जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमित भएकामध्ये ८ लाख ११ हजार २ सय ६५ जना निको भएका छन् । हाल देशभर ४ हजार ९ १० जना सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ४ हजार ६६५ जना होम र २४५ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ८४ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

leave a reply