ADVERTISING

Breaking News

 इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

काठमाडौ । काठमाडौँको वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्सको माथिल्लो तल्लामा रहेको जीम सेन्टर आज दिउँसो आगलागी भएको हो ।
दिउँसो ३ बजेदेखि लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो निभाउन नेपाली सेना, काठमाडौं, ललितपुर र भक्तपुरको गरी चार वटा दमल पुगेको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

leave a reply