ADVERTISING

Breaking News

अर्थोदय बहुउद्देश्सीय सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा

काठमाडौ । काठमाडौंको नयाँ बजारमा रहेको अर्थोदय बहुउद्देश्सीय सहकारी संस्थाले पाँचौ बार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ । शनिवार आयोजित कार्यक्रममा बर्षभरि उत्कृष्ट कारोवार गर्ने बचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको हो । साधारण सभालाई सम्बोधन गर्द सहकारी बैठकमा अध्यक्ष केपी उप्रेतीले कोरोनाको समयमा पनि सहकारीहरुको निक्षेप बढनु सकारात्मक भएको बताए । सहकारीका अध्यक्ष पर्वतकुमार अधिकारीले कोरोना कहरविच विच संस्थाले निक्षेपकर्तालाई राम्रो सेवा दिन सकेकोमा खुसी व्यक्त गरे । संस्थामा निक्षेप पुँजी १४ करोड र शेयर पुँजी १३ करोड पुगेको जानकारी पनि अधिकारीले दिए । अर्थोदय सहकारीमा हाल एक हजार सात सय सदस्य आबद्ध रहेका छन । सहकारीले शनिवार नै नयाँकार्यसमिति समेत चयन गरेको छ ।

leave a reply