ADVERTISING

Breaking News

पार्टी केन्द्रिय कार्यालयमा फेरी काँग्रेस नेता कार्यकताको अनसन सुरु

काठमाडौ । नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन । डडेलधुरामा वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै मल्लसहितका नेता कार्यकर्ताले रिले अनसन सुरु गरेका हुन् । डडेलधुराका हजारौं पार्टी नेता, कार्यकर्ताको भावना अनुसार पुनः अधिवेशन गर्न गरिएको माग केन्द्रिय सभापति शेरबहादुर देउवाले सुनुवाई नगरेपछि बाध्य भएर अनसन सुरु गर्नु परेको सभापति मल्लले बताए ।
त्यसैगरी नेविसंघ डडेलधुराकी नेतृ देवकी जोशीले पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु बाध्य भएर रिले अनसन बस्नुपरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

leave a reply