काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन । नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन । नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिए ।
नेता सिंहले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए । कांग्रेस नेता गगन थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए ।
नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे । उनले आईतवारको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको समेत उल्लेख गरे ।
देउवाको घरमा केन्द्रिय समिति बैठक राखेको भन्दै सिंहको चर्को असन्तुष्टि
