ADVERTISING

Breaking News

यथाशीघ्र बेन्च अगाडि बढाउने प्रधानन्यायाधीश जबराको प्रतिबद्धता

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । अधिवक्ताको समूहले मुख्य तीनवटा माग राखेर प्रधानन्यायाधीशलाई ज्ञापन बुझाएको हो । जसमा बेन्च सूचारु गर्नुपर्ने, बारको वैधानिक माग पूरा गर्ने तथा अवैधानिक कुरालाई अस्वीकार गर्नुपर्ने माग गरिएको छ ।त्यसैगरी वरिष्ठ अधिवक्ता, १९ जना न्यायाधीशहरु र हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालत भ्रष्टाचार भइरहेको देखाएकाले भ्रष्टाचारको छानविन गरी को को दोषी छन् न्यायाधीश, वकिल, बिलौचिया सबैलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

leave a reply