काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा रहन सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् ।
उनले सामाजिक सञ्जालमा जानकारी दिदैं अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि नेपालमा जागिरलाई निरन्तरता दिने निर्णयमा पुगेको बताए । उनले कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको भन्दै आफुलाइ नेपाल फर्काउनको लागि सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद धन्यवाद भनेका छन् ।
‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’