ADVERTISING

Breaking News

मुलुकभर स्मार्ट लकडाउन लागू गर्न सीसीएमसीको कार्यबिधि

काठमाडौ । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको कार्यबिधि अनुसार मंगलबारदेखि मुलुकभर स्मार्ट लकडाउन लागू भएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुले अब स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन । सीसीएमसीको कार्यबिधि अनुसार संक्रमण दर, मृत्युदर तथा स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्न सकिने छ । रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्यलाई अबस्था हेरेर निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी छ । मंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ ।
साउन महीना सुरु भएदेखि मुलुकभर कोभिड संक्रमणमा वृद्धि भएको छ । सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सचेत गराउदै आएको छ ।

leave a reply