ADVERTISING

Breaking News

१४ औं महाधिवेशन सार्न खोजिएको भन्दै कांग्रेस नेता पौडेलको असन्तुष्टि

सभापति देउवा असफल व्यक्ति भएको उल्लेख

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन पटकपटक सार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन । फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पटक पटक महाधिवेशनको मिति सारेको भन्दै असन्तुष्टि जनाएका हुन । पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवालाई असफल व्यक्ति भन्दै आक्रोशसमेत पोखेका छन । उनले पार्टी सभापतिले महाधिवशेन नगरेर निर्वाचन आयोगसँग हारगुहार गर्नुपर्ने निरीह स्थितिमा पु¥याएको आरोप लगाएका हुन । निर्धारित चारबर्ष र थपिएको छ महिनामा पनि पार्टीको महाधिवेशन गर्न नसक्नु नेतृत्वको चरम असफलता भएको पौडेलको भनाइ छ । उनले देउवाप्रति संकेत गर्दै सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्नु देशकै विडम्बना भएको समेत उल्लेख गरेका छन । कांग्रेसले केन्द्रीय महाधिवेशन तीन महिनापछि सार्ने सभापति देउवाको तयारी छ । तोकिएको मिति भदौ १६ देखि १९ मा महाधिवेशन हुने सम्भावना टरेपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा मंसिरमा महाधिवेशन गर्ने गृहकार्य गरेका हुन । वरिष्ठ नेता पौडेलसहितका नेताले कानुनी आधारबिना महाधिवेशनको कार्यतालिका सार्न नहुने अडान राख्दै आएका छन ।

leave a reply