काठमाडौ । योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले कोरोना र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन । बिहीवार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने र सबै मन्त्रालयलाई प्राथमिकतामा रोखेर काम गर्ने बताए । पौडेलले सबै योजनाको अध्ययन गरेर काम अगाडी बढाईने बताए ।
कोरोना र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाइन्छ: पौडेल
