ADVERTISING

Breaking News

अपर तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादनको तयारी शुरु

काठमाण्डौं- राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ ।

तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको अपर तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

यस परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत् कटौतीको समय कम गर्न प्रयास गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

leave a reply