ADVERTISING

Breaking News

आज र भोलि देशका केही स्थानमा भारी वर्षाको संभावना

तराई क्षेत्रमा बढी प्रभाव पर्नसक्ने मौसम विभागको भनाइ

काठमाडौ । दुई दिन केही कम भएको वर्षा आजदेखि फेरि बढ्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि वर्षाको मात्रा बढ्ने देखिएको हो । यस क्रममा कतिपय स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ । यसपल्ट देशको पूर्वी क्षेत्रमा मनसुन बढी सक्रिय हुने देखिएको छ । लुम्बिनीको र बागमती प्रदेशका अधिकांश स्थानमा आज र भोलि निकै वर्षा हुने सम्भावना देखिएको छ । त्यसमा पनि पहाडी भेगभन्दा तराई क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ । मौसमविद्का अनुसार यसअघि मनसुन पश्चिमी क्षेत्र र विशेषगरी पहाडी भेगमा सक्रिय भएको थियो भने यसपटक देशको पूर्र्वी भेग र विशेषगरी तराई क्षेत्रमा बढी सक्रिय हुने देखिएको हो ।

leave a reply