ADVERTISING

Breaking News

मनाङमा बाढीको वितण्डा, चामेमा ६ वटा घर बगायो

काठमाडौ । अबिरल बर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर बगाएको हो । बाढीले चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ । सोमबारदेखि परेको अविरल वर्षाले मनाङको जनजीबन प्रभाबित भएको छ । खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि निजी घर जोखिममा परेका छन् । चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको कार्यालय र केही निजी घर बाढीको बीचमा परेका छन । मनाङको ताल गाउँका आधा घर पनि डुबानमा परेका छन् । बाढी र पहिरोले राष्ट्रिय प्रसारण लाइनका पोलहरु पनि बगाएको छ । बाढीले चामे जलविद्युत आयोजनाको कुलो पनि बगाएको छ भने तिमाङ लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाढीले तिमाङको बेलीब्रिज समेत बगाएको छ । बाढी र पहिरोबाट मावनीय क्षति हुन नदिन प्रहरी र सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।

leave a reply