ADVERTISING

Breaking News

निर्वाचनको घोषणा गर्नु कोभिड महामारीको बेला मानवीय संवेदनाहीन क्रुरता : विवेकशील साझा पार्टी

काठमाण्डौं- विवेकशील साझा पार्टीले सरकारले प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणा गर्नु कोभिड महामारीको बेला मानवीय संवेदनाहीन क्रुरता भनेको छ ।

पार्टीको आकस्मिक बैठकले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आाकांक्षाको सुनियोजित निरन्तरता भएको ठहर गरेको छ । बैठकपछि प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास लिएको जनाएका छन् ।

विवेकशील साझा पार्टीले मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र नभइ प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार रहेको आरोप लगाएको छ । उसले परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परेको बताएको छ ।

leave a reply