ADVERTISING

Breaking News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

रूपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

विपक्षी गठवन्धनले मुख्यमन्त्रीका रुपमा पुनः माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीलाई प्रस्ताव गरेका छन् । यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो ।

तर अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकारको दाबी गरे । अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी गठनवन्धनले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विपक्षी दलहरुले आजै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिने बताएका छन् ।

leave a reply