ADVERTISING

Breaking News

बेड खोज्दा खोज्दै एम्बुलेन्समै वडा सदस्यकाे मृत्यु

बुटवल – बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा उपचारका लागि बेड खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।

थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो ।

‘तीन वटै अस्पताल पुर्‍यायौं । तर कतै पनि बेड पाएनाै‌,’ भट्टराईले भने, ‘अन्ततः उहाँको एम्बुलेन्समै उहाँको निधन भयो ।’ उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए । स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।

leave a reply