ADVERTISING

Breaking News

कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाउने

काठमाडौँ । चीनले अनुदान दिएको ‘भेरोसेल’ खोप २५ गतेबाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यही बुधबारदेखि काठमाडौँ उपत्यकामा तोकिएका अस्पतालबाट उक्त खोप दिइने जानकारी दिएका हुन्।

डा. गौतमका अनुसार उक्त खोप अभियानअन्तरर्गत चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालय व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायतले प्राप्त गर्ने छन्।

चैत १६ गते चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको थियो।

leave a reply